Fast Nepal News

काठमाडौँ क्षेत्रमा खेतबारी देख्नै मुस्किल

banner single news
प्रकाश कपाली/समाचार लेखक
१५ मंसिर, काठमाडौँ – देशको केन्द्र मानिएको राजधानी काठमाडौँमा खेतबारी देख्नै मुस्किल छ। बढ्दो जनसंख्या र मानिसहरुको बाक्लो उपस्थिति रहेको यस क्षेत्रमा खेतबारी र करेसाबारी भने देख्नै मुस्किल छ।तर काठमाडौँको केही स्थानहरूमा नेवार समुदायको व्यक्तिहरुले जमिनमा खेती किसानी गरिरहेका छन्।
काठमाडौँ क्षेत्रमा कृषि पेशा गर्ने व्यक्तिहरू न्यून संख्यामा रहेका छन्। कतिपय काठमाडौँका स्वयम्भू,थानकोट, खुसीबु आसपासका क्षेत्रहरूमा भने व्यापक रुपमा कृषक वर्गको उपस्थिति देखिएको छ भने अन्य क्षेत्रमा भने मानवीय बस्ती नै रहेको छ। काठमाडौँ खेतबारी देख्न अहिले किन मुस्किल भयो भन्ने विषयमा काठमाडौँको नेवार समुदायले आ-आफ्नै विचार राखेका छन्। विगतको समय आजभन्दा २० वर्ष अघि काठमाडौँ जिल्लाको अंधिकाश क्षेत्रमा खेत रहेको खुसीबु क्षेत्रका स्थानीय बासिन्दा नारायण देवी महर्जनले बताउनुभयो।तर अहिले खुसीबु लगायतका खेतीयोग्य जमिनमा भौतिक संरचना निर्माण भएको उहाँको भनाई छ।
अहिले भौतिक संरचना काठमाडौँ क्षेत्रमा निर्माण हुनुले खेतबारी देख्नै मुस्किल परेको ईन्चगु क्षेत्रमा स्थानीयवासी हिरालाल श्रेष्ठले बताउनुभयो। अबको केही दिनमा हाल रहेको खेतीयोग्य जमिनमा पनि भौतिक संरचना बन्ने र खेतबारी देख्नै मुस्किल पर्ने काठमाडौँ क्षेत्रको नेवार समुदायको व्यक्तिहरुले बताएका छन्। यसैगरी अहिले काठमाडौँ जिल्लामा केही क्षेत्रमा काठमाडौँका स्थानीयबासीले कृषि पेशा अवलम्बन गरेको देखिन्छ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.