Fast Nepal News

ताप्लेजुङमा नेकपा एमालेका नेता योगेश भट्टराईको सुरुवातीअग्रता

banner single news
६ मंसिर, काठमाडौँ- ताप्लेजुङमा मतगणना जारी छ। ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराई सुरुवाती अग्रता लिनुभएको छ। फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गर्नुभएको छ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गर्नुभएको छ । यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र लोसपाका चैतन्य प्रकाश केदेमले १ मत प्राप्त गर्नुभएको छ । गणना भएको १ सय ९ मतमध्ये ४ मत बदर भएको छ। ताप्लेजुङ क्षेत्रको मतपरिणाममा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले बहुमूल्य मतको साथ निर्वाचनमा विजयी हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी नै छ।

Inside Article Ads
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.