Fast Nepal News

काठमाडौँ महानगर प्रमुखकी छोरीले गरिन् ‘प्लाज्मा दान’

banner single news

काठमाडौं, कात्तिक १६ – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत् जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गरेका छन्। केही समयअघि कोरोनामुक्त भएका शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफू प्लाज्मा दान गर्न तयार रहेको भन्दै अरुलाई पनि यसका लागि सहयोग गर्न अपिल गरेका हुन्।

‘मलाई संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो। अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौँ,’ शाक्यले भने, ‘छोरी पलिस्था शाक्यले हिजोमात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर प्लाज्मा दान गरेकी छिन्।’

कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरुलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उद्धेश्यले परिवारबाटै प्जाज्मा दिन सुरुवात गरेको शाक्यले बताए।

Inside Article Ads

पलिस्था शाक्यले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गराइरहेकी काठमाडौँ महानगरपालिका ४ की ७६ वर्षीया महिलाको उपचार भइरहेको छ ।

‘काठमाडौँ उपत्यकाका र महानगरपालिका पछिल्लो समय कोरोनाको ‘हटस्पट’ बनिरहेको छ। मेयर शाक्यले अहिले काठमाडौँ महानगरपालिकाका विभिन्न वडामार्फत् संक्रिमितलाई प्रोत्साहन दिन फलफूल, मास्क, आयुर्वेदिक औषधिलगायतका सामग्री लिएर जनप्रतिनिधि होमआइसोलेसन र आइसोलेसनमामा पुग्ने गरेको पनि जानकारी दिए।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.