Fast Nepal News

रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी

banner single news

 

२९ कार्तिक, काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि स्वदेशी मुलुकको नागरिकता परित्याग नगरेको भन्दै राजकुमार वाग्लेले उम्मेदवारी खारेजीका लागि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराउनुभएको हो।

निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गरेलगत्तै कानुनी व्यबस्था अनुसार काम कारवाही गर्न चितवन क्षेत्र नंम्बर २ का निर्वाचन अधिकृतलाई पत्राचार गरेको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभयो।

Inside Article Ads

अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने विरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले लामिछानेको उम्मेदवारी खारेज गर्छ कि गर्दैन भन्ने विषय आमचासो र गुनासोको विषय बन्न पुगेको छ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.