Fast Nepal News

मध्यनेपाल नगरपालिका–१ का वडाअध्यक्ष सुदिप थापाको निर्देशनमा काँग्रेस कार्यकर्तामाथि कुटपिट

banner single news

लमजुङ, २९ कात्तिक । मध्यनेपाल नगरपालिका वडा नं १ जितामा नेकपा (एमाले)बाट निर्वाचित वडाअध्यक्ष सुदिप थापाको निर्देशनमा काँग्रेस कार्यकर्तामाथि कुटपिट भएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार जीतामा बलियो देखिएपछि आगामी निर्वाचनमा आफ्नो वडाबाट कम भोट आउने देखेर काँग्रेस कार्यकर्तामाथि विभिन्न व्यक्ति लगाएर कुटपीट गरेका हुन् ।

वडाअध्यक्ष थापाको निर्देशनमा सोमबार राती जीताको चिन्डे गाउँमा काँग्रेस जिता वडा कार्यसमितिका सचिव मिलन थापा र काँग्रेसका नेता भरत थापामाथि कुटपीट गरेका हुन् । कुटपीट गरेसँगै कुटपीट गर्ने व्यक्ति फरार रहेकाले खोज्ने काम भइरहेको छ भने वडाअध्यक्ष थापासहितका केही व्यक्तिलाई भने इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले पक्राउ गरिसकेको छ । उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालय बेशीशहर लगिएको छ ।

Inside Article Ads

कुटपीटमा घाइते मिलन र भरतलाई भने उपचारका लागि पोखरा लगिएको छ ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.