Fast Nepal News

पेट्रोलियम पदार्थको खपतमा कमी

banner single news

२८ कार्तिक, काठमाडौँ -पेट्रोलियम पदार्थको खपतमा कमी आएको छ। चाडपर्व र निर्वाचन नजिकिँदै गर्दा पेट्रोलको खपत पहिले निकै खपत हुने गर्दथ्यो।तर अहिले भने पेट्रोलको खपत निकै मात्रामा खपत भएको नेपाल आयल निगमले जनाएको छ।

नेपाल आयोग निगमका अनुसार २०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३१५ किलोलिटर पेट्रोल र एक लाख ३५ हजार आठ सय १२ किलोलिटर डिजेलको खपत भएको थियो । जबकि २०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार पाँच सय १३ किलोलिटर पेट्रोल र ७८ हजार चार सय २६ किलोलिटर मात्रै डिजेल खपत भएको छ । ट्याङ्कर चालकले भारतमै तेल हाल्दा, सीमा नजिक हुनाले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुनसक्ने निगमको अनुमान छ। त्यससँगै निर्वाचनमा तामझामका सहित चुनावी प्रचारप्रसारमा लाग्न नपाउने निर्वाचन आयोगको निर्देशनको कारण पेट्रोलियम पदार्थको कम खपत भएको पनि निगमले अनुमान लगाएको छ ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.