
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गएको छ। निर्वाचनको लागि नेपाल अधिराज्यभरिको त्रिभुवन विश्वविद्यालयहरू मतदान केन्द्र राखिएको जनाउँदै त्रिभुवन विश्वविद्यालयले निर्वाचनको दिन केही समयको लागि बिदा दिने निर्णय गरेको छ । कर्मचारीहरु निर्वाचन कर्मचारीको रुपमा खटिएका कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकोले बिदा दिर्ने निर्णय गरेको त्रिभुवन विश्वविद्यालयका प्रदाधिकारीले बताउनुभएको छ।
यसैगरी त्रिभुवन विश्वविद्यालय महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरुमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस/कार्यलयहरुमा विदा दिने निर्णय भएको बताउनुभयो । मंसिर १,२ र ५ गते बिदा दिने सम्बन्धमा समेत त्रिभुवन विश्वविद्यालयले सूचना जारी गरेको छ।
