Fast Nepal News

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस् २०२२ मा रोजिन शाक्यकोे कोरियोग्राफी

banner single news

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस् २०२२ मा रोजिन शाक्यकोे कोरियोग्राफी

मलेशियाको क्वालालम्पुरमा संचालन हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्टस् २०२२ मा नेपाली अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य कोरियाग्राफर रहने भएका छन् । प्रतियोगिता अन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ संचालन हुनेछ । ईप्लानेट प्रा.लिको आयोजनामा संचालन हुने यस प्रतियोगितामा विश्वका विभिन्न देशका चालीस भन्दा बढी सहभागिहरुवीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता यही नोभेम्बर १४ देखि २० तारिख सम्म मलेशियामा संचालन हुँदैछ भने फाइनल प्रतिस्पर्धा नोभेम्बर १९मा मलेसियाको क्वालालम्पुरस्थित भिभा होम शपिङ मलमा रहेको मेगा स्टार एरिनामा सम्पन्न हुनेछ । यस अघि हेरिटेज प्याजेन्टस् नेपाल, भारत, श्रीलंका र सिंगापुरमा सम्पन्न भएको थियो ।

राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफरको परिचय बनाएका रोजिन शाक्य झन्डै २५ वर्ष देखि फेसन र संचार क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएका छन् । स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै चौध सय कार्यक्रमको कोरियोग्राफरको रुपमा अनुभव संगालिसकेका छन् । सन् २०१४ देखि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफीमा पनि अगाडि बढेका रोजिनले हेरिटेज प्याजेन्टस्, मिस मर्मेड सिंगापर, मोडल सुपरस्टार मुम्बई लगायतका अन्तर्र्राष्ट्रिय कार्यक्रमको पनि कोरियोग्राफी गरिरहेका छन् ।

Inside Article Ads

फेसन कोरियोग्राफी बाहेक नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेजको अध्यापन, पर्सनालिटी ग्रुमिङ लगायतका क्षेत्रमा पनि आफूलाई सक्रिय राख्दै आएका रोजिन शाक्यले सन् २०१८मा मलेशियामा सम्पन्न द इन्टरनेसनल प्रिस्टिज् ब्राण्ड अवार्डमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्ड प्राप्त गरेका थिए । यसैगरी नेसनल युथ लिड अवार्डस् २०१९ मा रोजिन मिष्टर भर्सटाइल अफ द इयर अवार्डबाट पुरस्कृत भएका थिए भने मलेशियामा सम्पन्न इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०१९ मा आउटस्ट्यान्डिङ इन्टरनेसनल कोरियोग्राफर एक्सिलेन्स अवार्ड, दुबईमा सम्पन्न इन्टरनेसनल प्रोफसनल एचिभमेन्ट अवार्ड २०१९ मा इन्टरनेसनल प्रोफेसनल फेसन कोरियोग्राफर एचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए ।

यसैगरी रोजिनले काठमाडौंमा सम्पन्न प्याजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०१९मा लिजेन्ड्री फेसन कोरियोग्रफर, फेसनफेयर अवार्ड २०२० मा वेष्ट इन्टरनेसनल नेप्लीज् फेसन कोरियोग्राफर, मोडल सङ्स अवार्ड २०२० मा वेष्ट फेसन कोरियोग्राफर अवार्ड, नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ मा आइकोनिक फेसन कोरियोग्राफर अवार्ड, दुबईमा सम्पन्न एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफर अवार्ड प्राप्त गरिसकेका छन् ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.