
२३ कार्तिक, काठमाडौँ -अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गईरहेको छ। अहिले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुले अमूल्य मतको अपेक्षा गर्दै जनताको घरदैलोमा पुगेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा जनताको अमूल्य मतको अपेक्षा गर्दै जनताको घरदैलोमा पुग्नुभएको छ। जनताको घरदैलोमा पुगेका महामन्त्री थापाले आफू प्रधानमन्त्रीको उम्मेदवार बन्न संसदमा जित्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
संसदीय दलको नेताको निर्वाचनमा सहभागी हुने,देश र जनताको नेतृत्व गर्ने चाहना राखेको हुनाले यसपालिको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा बहुमतका साथ काठमाडौँ क्षेत्र नंम्बर ४ का मतदातालाई आग्रह गर्नुभएको छ।
Visited 8 times, 1 visit(s) today
