Fast Nepal News

भूकम्पबाट ६ जनाको मृत्यु

banner single news

२३ कार्तिक, काठमाडौँ -गए राती २ बजेर १३ मिनेटमा ६.६ रेक्टरको डोटी जिल्ला केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा डोटीको पुर्बीचौकी गाउँपालिका ३ गैरीगाउँमा धनजनको क्षति भएको छ।

यसैगरी डोटीको पुर्बीचौकी गाउँपालिका ३ गैरीगाउँमा भूकम्पमा परी ५० वर्षको प्रेम बोहरा ,४० वर्षको भगवती बोहरा १३ वर्षको सीता बोहरा, ८ वर्षका हर्क बोहरा, १४ वर्षका धन्सरी बोहरा र १४ वर्षका तुलसी बोहरा गरी ६ जनाको निधन भएको छ। भूकम्पमा परी अन्य ८ जना घाइते भएका छन्। यसैगरी भूकम्पबाट पुगेको क्षतिबारे थप विवरण आउन भने बाँकी छ।

Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.