Fast Nepal News

डोटी केन्द्रविन्दु भएर शक्तिशाली भूकम्पको झट्का

banner single news

डायमण्ड जाेसी

सुदूरपश्चिम प्रदेशको डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर बुधवार बिहान भूकम्पको धक्का मशसुश भएको छ । डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज आसपासलाई केन्द्र बनाएर बुधवार बिहान २ बजेर १२ मिनेटको आसपासमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमसहित भारतका जिल्लामा समेत महसुश गरिएको छ ।

Inside Article Ads

भारतीय समाचार संस्था एनएनआइले भूकम्पको धक्का दिल्लीमा समेत मशसुश भएको जनाएको छ।

यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो ।
यसअघिका भूकम्पको पराकम्पन भन्दा फरक रहेको अनुमान रहेको छ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.