
मिडिया लाई विश्वकपको नाममा विज्ञापन बापत प्रति ग्राहक रु पाँच सय रुपैयाँ नलिन सर्वोच्च अदालतको अन्तरिम आदेश
२२ कार्तिक, काठमाडौँ- फिफा विश्वकप फुटबल प्रतियोगिता कतारमा हुने खेल तालिका सार्वजनिक भएको छ। मंसिर ४ गतेदेखि विश्वकप खेल प्रतियोगिता हुने भनेलगत्तै धेरै व्यक्तिहरु विश्वकप खेल प्रतियोगिता हेर्ने प्रतिक्षामा रहेका छन्।
विगत लामो समयदेखि खेल जगत्मा हेर्न सर्वाधिक रुचि राखिएको विश्वकप संस्करण हेर्न मीडिया हबले विश्वकप खेलकुद प्रतियोगिताको नाममा ५०० शुल्क निर्धारण गर्ने निर्णय गरेलगत्तै यस विषयलाई लिएर अधिवक्ता किशोर पौडेलले सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
रिटको सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज मिडिया हबले विश्वकपको नाममा विज्ञापन बापत प्रति ग्राहक रु पाँच सय उठाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ। अदालतले उक्त विषयमा छलफलका लागि सबै पक्षलाई यही कात्तिक २७ गते बोलाएको छ ।
सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिताका नाममा कुनै पनि रकम नउठाउन अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
