Fast Nepal News

रक्तदान जीवनदान मतदान देश बचाउ अभियान -प्रेमसागर कर्माचार्य

banner single news

 

२० कार्तिक,काठमाडौँ-सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्य काठमाडौँ क्षेत्र नंम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ। आग्रामी मंसिर ४ गतेको निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिनुभएका उहाँले निर्वाचन प्रचार प्रसारलाई केन्द्रित गरी रक्तदान कार्यक्रमको आयोजना गर्नुभएको छ। स्वयमसेवी रक्तदाता समाजको केन्द्रीय अध्यक्ष समेत रहनुभएका कर्माचार्यले काठमाडौँ क्षेत्र नंम्बर ६ बाट उम्मेदवारी दिनुभएका उहाँले रक्तदान, जीवनदान र मतदान देश बचाऊ अभियान भन्ने चुनावी नाराका साथ उम्मेदवारी विशेष रक्तदान कार्यक्रम सञ्चालन गर्नुभएको हो।

निर्वाचन लक्षित कार्यक्रममा १७२ औं पटक रक्तदान गर्दै उहाँले आफ्नो उम्मेदवारी मानवसेवाको लागि भएको बताउनुभयो। सडकबाट मात्र नभई सदनमा पनि जनताको हक अधिकारको पक्षमा रहेको बताउँदै नेपालको राष्ट्रियता, स्वाधीनता र अखण्डताको रक्षा गर्नको लागि आवाज उठाउन आफ्नो उम्मेदवारी रहेको समेत उहाँले बताउनुभयो।

Inside Article Ads

उम्मेदवारी विशेष रक्तदान कार्यक्रम र चुनावी समाधान पत्रको विषयमा कार्यक्रममा उहाँले आफ्नो धारणा व्यक्त गर्नुभएको छ। यसैगरी कार्यक्रममा काठमाडौँ वडा नंम्बर २८ का वडा अध्यक्ष भाईराम खड्की, काठमाडौँ महानगरपालिकाकी पूर्व उपमेयर तथा काठमाडौँ क्षेत्र नंम्बर ६ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार हरिप्रभा खड्की, चिकित्सक, महिला स्वयमसेविका, सञ्चारजगत, शुभेच्छुक,आम सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.