
न्युज नेपाल एचडी संवाददाता १७ कार्तिक, काठमाडौँ -आजदेखि निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार गर्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई उम्मेदवारलाई निर्देशन दिएको छ। निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावी प्रचार प्रसारमा लाग्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको हो। यसैगरी निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघंन गरेका व्यक्तिहरुलाई स्पष्टीकरण सोधेको छ।
निर्वाचनको प्रचारप्रसारमा हेलिकप्टरको प्रयोग गर्न मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई अनुमति दिदै निर्वाचन आयोगले भनेबमोजिमको नियम पालना गरी हेलिकप्टरको अत्यधिक दुरुपयोग नगर्न समेत आग्रह गरेको छ। आज निर्वाचन आयोगले निर्वाचन प्रचार प्रसार गर्न आदेश दिएलगत्तै सत्तामा रहेका राजनीतिक दल,साना दलका उम्मेदवार , स्वतन्त्र उम्मेदवार आजदेखि निर्वाचन प्रचार प्रसार अभियानमा व्यस्त भएका छन्।

Enter
Write to Prakash Kapali
Visited 22 times, 1 visit(s) today
