Fast Nepal News

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्र सार्वजनिक

banner single news

काठमाडौं, १७ कात्तिक । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी वाचापत्र सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि तयार पारिएको वाचापत्र अध्यक्ष लामिछानेले सार्वजनिक गरेका हुन् ।

‘बेतिथि सहिन्न भ्रष्टाचारी छाडिन्न’ नाराका साथ अघि बढेको पार्टीले ठुला भ्रष्टाचार आशंका गरिएका र देशव्यापी विवाद बहस भएका विषयका फाइलहरु तुरुन्त खोलिने जारी गरेको वाचापत्रमा उल्लेछ गरेको छ ।

हाल बसोबास गरिरहेकै स्थानबाट स्थायी बसोबास रहेको निर्वाचन क्षेत्रका लागि मतदान गर्ने व्यवस्था ‘अनुपस्थित मतदान पद्धती’ लागू गरिने, ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’ व्यवस्था अनिवार्य लागू गरिने पार्टीले प्रतिवद्धता गरेको छ ।

यसैगरी, आमाको नामबाट सबै सरकारी सेवाहरु सहजरुपमा प्राप्त गर्ने सकिने, जन्मदर्ता, नागरिकता, लाइसेन्स, भोटर कार्ड, बिमा कार्ड जस्ता कागजात बोक्नुपर्ने बाध्यतालाई समाप्त गर्न सबै सरकारी तथा निजी सेवाहरु प्रदान गर्न एकीकृत राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्ने पनि वाचापत्रमा उल्लेख गरिएको छ।

Inside Article Ads

विद्युतीय सवारीसाधनलाई शुन्य कर, ५ वर्षभित्र जैबिक इन्धनबाट चल्ने सवारी साधनलाई विस्थापन गर्न विद्युतीय सवारीसाधनका लागि शत प्रतिशत कर्जा उपलब्ध गराउने जनाएको छ ।

नेपाली नागरिकले खरिद गर्न नपाउने गरि डिजिटल मुद्रा माइनिङलाई वैधानिक बनाइने पनि प्रतिवद्धता गरिएको छ ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.