
१६ कार्तिक, काठमाडौँ- आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरूले धमाधम नेता तथा कार्यकर्ताहरु सगँ भेटघाट तथा अन्तक्रियामा व्यस्त छन्। राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौ क्षेत्र नं ३ का प्रतिनिधीसभाको तर्फबाट उम्मेदवारी दिनुभएका दुर्गा विक्रम थापा तथा नेपाल पश्मिना उद्योग संघका पदाधिकारीहरु विच बुधबार शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पश्मिना उद्योग संघका निर्वतमान अध्यक्ष समेत रहेका थापालाइ संघका पधाधिकारीहरुले आग्रामी हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा साथ सहयोग गर्ने प्रतिब्द्धता समेत व्यक्त गरे । शुभकामना तथा भेटघाट कार्यक्रमलाइ सम्बोधन गदै दुर्गा विक्रम थापाले निर्यातमुखी उत्पादनमा जोड दिनुभएको छ। देशमा उत्पादन भएका उत्पादकत्वलाई विदेशमा निर्यात गरी आर्थिक समृद्धि तर्फ लाग्न पर्नेमा जोड दिनुभएको छ।
देशमा हुने गरेका विकाश निर्माण कार्यहरुमा ढिलासुस्तीका कारण राष्ट्रका बजेट खेर गइरहेकामा समेत बताउनुभयो। उनले भने, ‘ लाखौ युवा युवतीहरु अध्यायन पश्चात रोजगारीका लागु बाहिर जानु पर्ने स्थितिलाइ निर्यन्त्रण गर्न व्यवसायिक सिप मुलक तालिम दिने बैकिङ क्षेत्रसगँ जोडेर स्वरोजगारमुखी व्यबसाय सञ्चालन गर्ने वाताबरण बनाउन पर्ने आजको आवश्यकता रहेको उहाँको भनाई छ।
