Fast Nepal News

सिकिस्त बिरामी रहनुभएका पूर्ण बहादुर घलेको हेलिकप्टरबाट उद्धार

banner single news

१५ कार्तिक, काठमाडौँ – उत्तरी गोरखाको उहियाका एक सिकिस्त बिरामीको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । सोमबारदेखि अकस्मात रुपमा नाक र मुखबाट निरन्तर रगत बगिरहने समस्याबाट पिडित बनेका धार्चे ३ उहियाका ६३ बर्षिय पूर्ण बहादुर घलेलाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाण्डौको टिचिङ अस्पताल लगिएको हो । हिजो दिउँसोबाट बिरामी परेका उनलाई राती नै आफन्त र छिमेकीले डोकोमा बोकेर उपचारका लागि गोरखा सदरमुकाम ल्याउने प्रयास गरेका थिए । तर खोर्लाबेशी आइपुग्दा उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि नेपाली काँग्रेसका नेता समेत रहेका राजेन्द्र बजगाईको समन्वयमा हेलिकोप्टर मार्फत मंगलबार दिउँसो उनको उद्धार गरी काठमाण्डौ लगिएको बिरामीका आफन्त श्रीलाल गुरुङले जानकारी दिए ।

अन्नपूर्ण हेलि मार्फत उद्धार भएको बताउनुभएकाे छ । ‘हामीले रातभर डोकोमा बोकेर ल्याउदा झनै समस्या बढ्दै गयो, खोर्लाबेशी आएपछि काठमाण्डौमा सम्पर्क गरेर हेलिकोप्टर खोज्दा कहि भेटिएन’ आफन्त गुरुङले भने ‘कताबाट राजेन्द्र बजगाईले थाहा पाउनुभएछ, उहाँले नै हेलिकोप्टर पठाइदिएर बिरामीलाई काठमाण्डौं पठाउन सफल भयौ ।’ गोरखाको भिमसेन थापा गाउँपालिका १ मसेल घर भएका बजगाई आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा सदस्यका लागि गोरखा १ बाट उम्मेदवार छन् । पर्यटन ब्यवसयी समेत रहेका उनले यसअघि समेत उत्तरी गोरखामा विपत परेका बेला हेलिकोप्टर मार्फत उद्धार र सहयोग गर्दै आएका छन् ।

Inside Article Ads
Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.