
न्युज नेपाल एचडी
१५ कार्तिक,काठमाडौँ-निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्री तोसिमा कार्कीले उम्मेदवारी खारेजी विरूद्ध उम्मेदवारी दिनुभएको छ। निर्वाचन आयोगबाट उजुरी गरेलगत्तै मुद्दामा सुनुवाई हुने भएपछि उहाँले निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजी र सर्वोच्च अदालतले निष्पक्ष न्याय प्रदान गर्ने बिषयमा आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको छ।
निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपनि आफूले अदालतबाट स्वच्छ र निष्पक्ष रुपमा अदालतले मुद्दामा सुनुवाई गरी फैसला गर्ने समेत उहाँको भनाई छ। कुनै बिरामी व्यक्ति अस्पतालमा जाँदा डाक्टरमाथि शंका गरिराख्दा व्यक्तिमा भएको कमजोर आत्माविश्वासले जसरी व्यक्तिको रोग निको हुदैन त्यसरी नै अदालतमा न्याय पाउने उद्देश्यले अघि बढ्दा न्याय पाउदैन भन्ने निराशापनले व्यक्तिको आत्मविश्वासलाई कमजोर बनाउने विषयमा न्यायलयको ढोका ढक्ढक्याएको समेत उहाँको भनाई छ।
न्यायलयको ढोका ढक्ढक्याउदै गर्नुभएको ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सर्वोच्च अदालतले निष्पक्ष न्याय गर्ने र यसमा कुनै शंका नरहेको धारणा व्यक्त गर्नुभएको छ।
