Fast Nepal News

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा स्रस्टा पौडेल सम्मानित

banner single news

चितवन ।  चितवन स्थित वाल्मीकि साहित्य सदनले उदय स्रस्टात्रय मुकुन्द पौडेल, उदय अधिकारी र गीता लामिछानेलाई सम्मान गरेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीको अवसरमा उहाँहरु सम्मानित हुनुभएको हो ।  सदनद्वारा  रत्ननगरमा आयोजित  ‘साहित्य सम्मान, मानार्थ सदस्यता प्रदान तथा रचना वाचन´ कार्यक्रम माझ स्रस्टाहरुलाई कार्यक्रम प्रमुख अतिथि डिआर पोखरेलले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गर्नुभयो ।

सोही अवसर माझ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवम् कवि डा. कृष्णप्रसाद पौडेललाई मानार्थ सदस्यता प्रदान गरिएको छ ।

सम्मानित स्रस्टात्रयको व्यक्तित्व र कृतित्वका बारेमा लक्ष्मण अर्याल, कपिल अज्ञात र केशवराज आमोदी बोल्नु भएको थियो ।

Inside Article Ads

सदनका अध्यक्ष रामबाबु घिमिरेले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएबापत उहाँहरूलाई स्रस्टा सम्मानबाट सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा अनिता अर्याल, निर्दोष जीवन, चेतराज रेग्मी, रामकृष्ण ढकाल, किसान प्रेमी, सर्वज्ञा पौडेल, लीला दाहाल अधिकारी, पुष्प अधिकारी अञ्जली, हरिप्रिया रिजाल, रोजिना लोहनी, सीता कँडेल सापकोटा, राजेन्द्र घायल, कमल अर्याल, पोषराज पौडेल, गिरीराज डल्लाकोटीलगायतले रचना वाचन गर्नुभएको थियो ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.