Fast Nepal News

मुलुकलाई स्वाभिमानी र सम्पन्न राष्ट्र बनाउनको लागि मेरो उम्मेदवारी: -उद्योगपति बिनोद चौधरी

banner single news


न्युज नेपाल एचडी संवाददाता

१३ कार्तिक, काठमाडौँ-नेपालका उद्योगपति बिनोद चौधरीले नवलपुर क्षेत्र नंम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ।१० पटक समानुपातिक सांसदको रूपमा रहनुभएका उहाँले प्रतिनिधिसभाको निर्वाचनमा जाँदा आफूले राजनीतिक दृष्टिकोणबाट फरक भएको बताउनुभएको छ।

जीवनको ४५ वर्षको औद्योगिक जीवन र अध्यात्मको यात्रामा आफ्नो जीवन व्यतीत गर्नुभएको उहाँले आफूले नेपाली कांग्रेसको राजनीतिमा पूर्णकालीन समय बिताउने बताउनुभयो।अबको दिनहरुमा व्यबसायिक जीवनबाट सन्न्यास लिएर परिवारको लागि आफू अभिभावकको रूपमा रहने धारणा व्यक्त गर्नुभयो।

Inside Article Ads

नाम र दामको लागि मात्र नभई जनताको सेवा र देशको विकासको लागि नवलपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएको विषयमा उहाँले आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो। हरेक क्षेत्रको व्यक्तिहरु देशको विकास र परिवर्तनको लागि राजनीतिमा लाग्नुपर्ने समेत चौधरीले बताउनुभयो। आफूलाई जनताले निर्वाचित गराई गठबन्धनको नेतृत्वको सरकार भएमा ५ वर्षभित्र नै देशको विकास हुने र नेपाललाई सम्पन्न, स्वाभिमान राष्ट्रको रुपमा चिनाउन चाहेको विषयमा समेत उहाँले बताउनुहुँदै आग्रामी निर्वाचनमा बहुमूल्य मतको साथ विजय गराउन सबैलाई आग्रह गर्नुभयो।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.