
१२ कार्तिक, काठमाडौँ ललितपुर क्षेत्र नंम्बर ३ का सांसद डा. तोसिमा कार्कीलेसार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो।तोसिमा कार्कीमाथि परेको उजुरीको विषयमा निर्वाचन आयोगको आज शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको छ।
नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य समेत रहेका डां-कार्की विरूद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको परेसँगै डा. कार्कीको पद लाभको हो कि होइन भनेर आयोगले उनलाई र मेडिकल काउन्सिललाई स्पष्टीकरण सोधेर । त्यसपछि उनको स्पष्टीकरण सोधेसगै स्पष्टीकरणको आधारमा उनको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगले जनाएको छ।
‘ललितपुर-३ मा उम्मेदवार बन्नुभएकी डा.तोसिमा कार्की विरुद्ध परेको उजुरीमा मासिक पारिश्रमिक नबुझे पनि बैठक भत्ता, भ्रमण भत्ता लिएको र यो सार्वजनिक पद धारण गरेको मानेर हरेक वर्ष सम्पत्ति विवरण बुझाउनुहुन्छ भनेर मेडिकल काउन्सिलले जानकारी गराएसगै’ ‘काउन्सिलले जवाफपत्र र वहाल रहेको तोसिमा कार्कीको स्पष्टीकरणको आधारमा आयोगको बैठकले उम्मेदवारी खारेजीको निर्णय गरेको हो ।’
डा. कार्कीले १ लाख १५ हजारभन्दा बढी बैठक भत्ता बुझेको बताइएको छ । साथै बैठक भत्ता लिनुलाई सार्वजनिक लाभको पद धारण गरेको मानिने आधारमा उम्मेदवारी खारेजको निर्णय गरेको पनि आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले यसअघि पनि रुपन्देही क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिएका डा कमल भुसाल (निकोलस)ले सार्वजनिक लाभ लिएको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो ।
