
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको निर्बाचन आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फ १ करोड ६७ लाख ५०० मतपत्रको छपाइ सम्पन्न भएको छ । प्रतिनिधि सभाका लागि ८७ लाख १ हजार र प्रदेश सभाको ८० लाख ५७ हजार ५०० सय मतपत्र रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको लागि करिब ४ करोड मतपत्र यसअघि नै छापिसकेको छ ।
आयोगको पछिल्लो तथ्यांक अनुसार आगामी निर्बाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० मतदाता छन् । मतदाताले समानुपातिक र प्रत्यक्ष निर्बाचन गरी चार वटा मतपत्रमा मत दिनु पर्ने छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ६८ जिल्लामा ढुवानी भइसकेको छ भने ९ जिल्लाको मतपत्र ढुवानी हुन बाँकी रहेको छ ।
