Fast Nepal News

सौन्दर्यविद शाह ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९बाट सम्मानित

banner single news

काठमाडौं । विगत दुई दशकदेखि सौन्दर्यको क्षेत्रमा निरन्तर सेवा दिइरहेकी वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९बाट सम्मानित हुनुभएको छ।

शनिबार फोकस नेपालले काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना देउसी भैलो बिशेश सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा भव्य समारोहका बीच शाहलाई सम्मान गर्नु भएको हो।

विगत लामो समयदेखी अत्यन्तै निष्ठा र समर्पणका साथ ब्युटीसियनको तालिमका साथै लाखौ महिला तथा पुरुषहरुलाइ विभिन्न शिप सिकाएर स्वरोजगार तथा आत्मनिर्भर बनाउन प्रेरित गरिरहेको कारण उनलाई सम्मान गरिएको हो।

महरा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका कोषाध्यक्ष, कर्पोरेट मिडिया ग्रुपका प्रवन्ध निर्देश तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य लगाएत विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

Inside Article Ads

फोकस नेपालको अध्यक्ष राम चन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र छेत्री,लगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई बिशेष सम्मान सहित संस्कृति झल्कले पञ्चेबाजा गीत सङ्गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.