
४ कार्तिक , काठमाडौँ तिहार फूलै फूलको चाड हो। तिहारको पहिलो दिन कागतिहार देखि अन्तिम दिन भाईटीकासम्म सयपत्री, मखमली, गोदावरी फूलको प्रयोग गरिन्छ। तिहार नजिकिँसगै भगवान पूजा गर्न, जीवजन्तुको पूजा गर्न,मानिसको गलामा लगाउन,घर सजावटका लागि तिहारमा हिन्दू धर्मावलम्बीहरुले फूलको प्रयोग गर्दछन्। त्यसैले तिहार नजिकिँसगै बजारमा फूलको माग ह्वात्तै बढेको हुन्छ।
विगतको वर्षहरूमा तिहारको लागि धेरै मात्रामा फूल भारतबाट आयात गरिन्थ्यो।तर यस वर्ष भने फूलमा भने नेपाल आत्मनिर्भर बनिसकेको र तिहारका लागि प्रयोग हुने फूल नेपाली उत्पादनले नै पुग्दै आएको व्यवसायीहरू बताउनुभयो।
अन्य फूलको तुलनामा तिहारमा सयपत्री फूलको अत्यधिक प्रयोग हुने हुनाले नेपालमा सयपत्रीले नै तिहार मनाइँदै आएको फ्लोरिकल्चर एसोसिएसनका महासचिव विश्वमणी पोखरेलको बताउनुभयो।
