
०३ कार्तिक, काठमाडौँ -बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पताल फेरि तनावग्रस्त हुन पुगेको छ । मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारीका लागि निकालेको मृगौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा फेरि तनाव चुलिएको छ।
अस्पताल स्रोतका अनुसार मिर्गौला प्रत्यारोपण सर्जन डा. पारसमणि श्रेष्ठ र डा. अनिल श्रेष्ठले कार्य सिलसिलाको क्रममा मृगौला दाताको मृगौला प्रत्यारोपण नगरेको विषयप्रति विवाद चुलिएको अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो।डां बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो । ‘प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मृर्गौला राम्रो देखिएको थियो । तर, निकालेर हेर्दा मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको कारण मृगौला प्रत्यारोपण नगरेको जानकारी दिनुभयो। अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुंगाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईं, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का रहनुभएको छ।
Visited 11 times, 1 visit(s) today
