Fast Nepal News

१ करोड ३७ हजार मतपत्र छपाई सम्पन्न भएको निर्वाचन आयोगको भनाई

banner single news
०३ कार्तिक, काठमाडौँ -मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोग निर्वाचनका लागि आवश्यक मतपत्र छपाईको तयारीमा जुटेका छन्। प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ ।
प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ। भोलिदेखि दोस्रो चरणको मतपत्र ढुवानी समानुपातिक निर्वाचन प्रणालीतर्फ भोलि (बिहीबार)देखि दोस्रो चरणको मतपत्र ढुवानी शुरु हुने छ । पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ । यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ । मतपत्र छपाई कार्य धमाधम भईरहेको निर्वाचन आयोगले जनाएको छ।

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.