Fast Nepal News

निर्वाचन आचारसंहिता उल्लघंन गर्दै हिडेका उम्मेदवारहरुलाई निर्वाचन आयोगले स्पष्टीकरण माग्यो

banner single news
०३ कार्तिक, काठमाडौँ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब १ महिना बाँकी छ। निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका छन्। जनताको घरदैलोमा पुग्ने र आफ्नो आश्वासन छर्ने क्रममा केही उम्मेदवारहरुले मतदातालाई प्रलोभन देखाएका छन्। यसैगरी केही उम्मेदवारहरुले निर्वाचन आयोगको आचारसंहिता उल्लघंन गरेका छन्।
बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठले निशुल्क भिसा निशुल्क टिकट उपलब्ध गराउने युवाहरुलाई प्रलोभन देखाउँदै निर्वाचन प्रचारप्रसार गरेपछि श्रेष्ठलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको स्मरण गराउँदै आयोगले बारा लगायतका जिल्लाबाट युवाहरुलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी पत्र पठाउँदै २४ घण्टाभित्र स्पष्टीकरण सोधेको छ।
Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.