Fast Nepal News

८ वर्षिया विदेहा रञ्जनको जनावर हकहितप्रति योगदान गर्ने एकल फोटो प्रदर्शनी (फोटोफिचर)

banner single news

ललितपुर । पाटन संग्रालय ८ वर्षिया बालिका विदेहा रञ्जनले एकल फोटो प्रदर्शनी गरेकी छिन् ।

मंगलवार फोटोग्राफी मार्फत हात्तीको संरक्षणतर्फ योगदान गर्नको लागि उनको एकल चित्रकला प्रदर्शनी भएको हो ।

आठ वर्ष पुगेकी विदेहाले स्ट्यान्डअप फोर एलिफन्ट्स र स्पाइनी ब्याबलरसँग मिलेर हात्ती, वातावरण, प्रकृति र जलवायुको प्रभाव देखाउन फोटो प्रदर्शनी गरिएको विदेहाले एक्टप्रो नेपाललाई बताइन् ।

उनले खिचेको तस्विरमा वृद्ध हुँदै गएको हात्तीको अवस्थाहरुको बारे देखाइएको छ ।

प्रदर्शनीले नेपालका जङ्गली हात्ती र पालुवा हात्तीहरूप्रतिको चासो, बुझाई र समर्थन राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै बढ्ने आशा राखिएको छ।

स्ट्यान्डअप फोर एलिफन्ट्सका संस्थापक फ्लोरेन ब्लटले बालबालिकामा आफ्नै विशिष्ट प्रतिभा हुने बताउँदै विदेहाको फोटोग्राफी फरक रहेकी बताएकी छिन्।

Inside Article Ads

कतिपय नेपाली हात्तीहरूले छ सयदेखि नौ सय किलो बढी तौल बोकेर दिनको १४ घण्टा काम गर्ने गरेको र हात्तीहरूलाई उपयुक्त पोषण र उचित हेरचाह पुर्‍याउन गाह्रो हुनेसँगै उनीहरू दुर्ब्यवहारको सिकार समेत हुने गरेका छन्।

सो फोटो प्रदर्शनीले हात्तीको संरक्षण र उनीहरूमाथि हुने दुर्व्यवहार कम गर्ने आयोजकको आशा देखिन्छ।

विदेहा रञ्जनले नेपालकला परिषदमा तीन वर्षको उमेरमै ६६ भन्दा बढी कलाकृति प्रस्तुत गरेर एकलप्रदर्शनी गरी राष्ट्रकै सबैभन्दा कम उमेरकी कलाकार बन्न सफल भएकी थिइन्l

विदेहाले ३ वर्षको उमेरमा नेपालकला परिषदमा द ‘अर्लीक्रिएशन्स’ एकलकला प्रदर्शनी र कलाकृतिको पुस्तक अनि ४ वर्षको उमेरमा ‘आई लाइकमाइ लाइफ’दोस्रो एकल प्रदर्शनी र ई–बुक नेपाल पर्यटन बोर्ड र पाटन संग्रालयमा प्रस्तुत गरेकी थिइन् ।                 

Visited 54 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.