
०१ कार्तिक, काठमाडौँ तिहार नजिकिँदै गईरहेको छ। तिहार नजिकिँदै जाँदा फूल व्यबसायीहरुले पुष्प व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्न हतारिएका छन्। हिन्दू धर्मावलम्बीहरुले महान चाड तिहारमा कुकुर पुजादेखि भाइटीकाको दिनसम्म फूलको अत्यधिक प्रयोग हुने गरेको छ। यसैगरी यस वर्षपनि तिहार नजिकिँदै गर्दा बजारक्षेत्रमा पुष्प व्यवसायीहरुको चहलपहल बढेको छ।

यसैगरी बजारमा फूलको माग ह्वात्तै बढेको छ।तिहारलाई लक्षित गर्दै यस वर्ष करिब २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुको भनाई रहेको छ। तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने अनुमान गरेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङ्गले बताउनुभएको छ। नेपाल ९० देखि ९१ प्रतिशतसम्म फूलमा आत्मनिर्भर रहेको फ्लोरिकल्चर एसोसिएसनले बताउँदै मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने जानकारी दिएको छ।

नेपाललाई पुष्प खेतीमा आत्मनिर्भर बनाउन अझ लागिपर्नु पर्ने बताउँदै पुष्प व्यवसायीहरुले सरकारले पुष्प व्यवसायीहरुको चाहना र मागलाई सम्बोधन नगरेको गुनासो गर्नुभएको छ।


Visited 8 times, 1 visit(s) today
