Fast Nepal News

दर्ता नभएका व्यवसाय ३० दिनभित्र दर्ता गर्न महानगरकाे आग्रह, नगरे कारवाही गर्ने चेतावनी

banner single news

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ। महानगरको राजश्व विभाग सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्दा महानगरमा दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।

सङ्घीय सरकार र प्रदेश सरकारबाट इजाजत लिएका व्यवसायहरू समेतले  महानगरपालिकामा व्यवसाय दर्ता गर्नु पर्ने र दर्ता नगरी व्यवसाय सञ्चालन गर्दै आएको पाइएकोले दर्ता गर्न महानगरले आग्रह गरेको हो ।

Inside Article Ads

महानगरले ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न अनुरोध गरेको छ । महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौँ महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने महानगरले जनाएको छ । साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची-७ को बुदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२।०७३ लाई आधार वर्षका रूपमा लिई व्यवसाय कर असुली गरिने समेत महानगरले जनाएको छ ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.