Fast Nepal News

शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम श्रद्धाञ्जली ललितपुर महानगरपालिकामा हुने

जोशीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शोक प्रकट गर्नुहुदै मुलुकले एक अभिभावक गुमाएको बताउनुभएको छ।

banner single news
३० असोज, काठमाडौँ शताब्दी पुरूष तथा संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको छ। असोज ७ गते अस्वस्थताका कारण २४ दिनदेखि किष्ट अस्पतालमा उपचाररत उहाँको आज बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपालको संस्कृति संरक्षणमा र साहित्यजगतमा योगदान दिनुभएको जोशीको निधनले देशका सर्वसाधारण देखि उच्च सरकारी पद धारण गरेका व्यक्तिहरुले समेत दु:ख व्यक्त गर्नुभएको छ। यसैगरी जोशीको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शोक प्रकट गर्नुहुदै मुलुकले एक अभिभावक गुमाएको बताउनुभएको छ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर  देउवाले शोकसन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गर्दै नेपाली संस्कृति क्षेत्रमा जोशीले गरेको योगदानलाई राज्यले सधैं कदर गर्ने धारणा व्यक्त गर्नुभएको छ। संस्कृतिविद् तथा शताब्दी पुरुष जोशीको शव श्रद्धाञ्जलीका लागि किष्ट मेडिकल कलेजबाट ललितपुर महानगरपालिका ल्याउने भएको परिवार स्रोतले बताएको छ
यसैगरी संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो शरीर अस्पतालको लागि दान गर्नुभएको हुनाले उहाँको अन्त्येष्टि नगरी अध्धयनको लागि शव अस्पताल लैजाने भएको परिवार स्रोतले जनाएको छ।

Seen by Prakash Kapali at 11:08 PM
Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.