
काठमाडौँ-मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गत आईतबार देशभर उम्मेदवारी मनोनयन दर्ता सम्पन्न गर्न निर्वाचन आयोग सफल भएको छ।
उम्मेदवारी मनोनयन दर्तासगैं निर्वाचन आयोगले उम्मेदवारमाथि उजुरी गर्न भनी दिएको समयवधि समाप्त भएको छ। यसैगरी उम्मेदवारमाथि परेको उजुरीको आधारमा निर्वाचन आयोगले आज नै उम्मेदवारमाथि परेको उजुरीको छानबिन गर्ने भएको छ। यसैगरी उम्मेदवारको उजुरी पृष्टी हुने प्रमाण भेटिए आजै सो उम्मेदवारलाई कारबाही गरी उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगले जनाएको छ।
यसैगरी उम्मेदवारी फिर्ता लिन चाहे दिउँसो १ बजे उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन समय दिएको जनाउँदै राष्ट्रिय निर्वाचन आयोगले भोली दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ।
