
काठमाडौँ -नेपालीहरुको महान चाड दशैंको उपलक्ष्यमा उपत्यका छोडेर आफ्नो गृहजिल्ला गएका व्यक्तिहरु उपत्यका क्षेत्रमा फर्किएका छन्। उपत्यका क्षेत्रमा रहेको काठमाडौँ, भक्तपुर, ललितपुर, किर्तिपुरलाई आफ्नो कर्मथलो बनाएर दैनिक रुपमा आफ्नो निरन्तर गतिविधिलाई निरन्तरता दिन व्यक्तिहरु उपत्यका आउने क्रम जारी नै छ।
यसैगरी केही समयअघि सुनसान देखिएका उपत्यकाको मुख्य सडकहरूमा सवारीसाधन र मानिसको चहलपहलले निकै अस्तव्यस्त बन्न पुगेको छ।
यसैगरी उपत्यका क्षेत्रभित्र रहेको काठमाडौँ जिल्लाका अधिकांश सडक दशैं सकिएलगत्तै अस्तव्यस्त बन्न पुगेको छ। दशैंको बेलामा सवारी साधन र मानिसको चहलपहलले शून्य भएको सडक दशैं सकिए लगत्तै अत्यधिक बढेको छ।
दशैं सकिएलगत्तै भएको चहलपहलको विषयमा बोल्दै काठमाडौँका स्थानीयबासीले दशैंमा धेरै व्यक्तिहरु आफ्नो घर जादा शून्य वातावरण र ध्वनि प्रदूषण कम भएको बताउनुभयो।सफा र कोलाहल भित्रको शून्यमा महशुस गरेको काठमाडौँका स्थानीय वासिन्दाको भनाई छ। यसैगरी दशैं सकिएलगत्तै केही दिन यता काठमाडौंको वातावरण र कोलाहल भित्रको शून्यता जुन रूपमा महशुस गरेको थियौँ त्यो वातावरण र कोलाहल भित्रको शून्यता आफूले महशुस गर्न नपाउने र अबको दिनहरुमा काठमाडौँ अस्तव्यस्त रहने विषयमा अरविन्द रावल श्रेष्ठले आफ्नो महत्वपूर्ण धारणा राख्नुभयो।
यसैगरी काठमाडौँका स्थानीयवासी अमलशोभा शाक्यले दशैंको बेला केही मात्रामा सफा देखिएको भएपनि दशैं सकिएलगत्तै उपत्यकाबाट काठमाडौँ फर्कदै गर्दा धेरै व्यक्तिहरुको अत्यधिक हुल र चहलपहलले दशैंको अघिल्लो दिनहरुमा जस्तै वातावरण प्रदूषण र काठमाडौँ फोहोर र धुवाँधुलो बढ्दै जाने धारणा व्यक्त गर्नुभयो।
यसैगरी दशैंमा शून्य भएको उपत्यका तिहार नजिकिँदै जाँदा चहलपहल र अस्तव्यस्त बन्न पुगेको छ।
