Fast Nepal News

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी स्वास्थ्य अवस्थामा असुधार

banner single news

 

ललितपुर -वाङ्मय शताब्दी पुरुष साहित्य लेखनसगैं संस्कृतिको जगेर्ना गर्न लामो समय आफ्नो अमूल्य योगदान पुर्याई महत्वपूर्ण भूमिका निर्वाह गर्दै समाजमा आफूलाई स्थापित गराउन सफल व्यक्ति हुनुहुन्छ। नेपाली कला र संस्कृतिको रक्षा गर्न १ शताब्दीदेखि उहाँले समाजमा निर्वाह गर्नुभएको भूमिका महत्वपूर्ण रहेको छ।

नेपाली कला संस्कृतिको रक्षाको लागि आफ्नो जीवन समर्पण गर्नुभएको संस्कृतिविद् सत्यमोहन जोशी केही समयदेखि पौभा चित्र बनाउन व्यस्त हुनुहुन्थ्यो।पौभा चित्र बनाउन नसकिदै अस्वस्थताका कारण असोज ७ गते अस्पताल भर्ना हुनुभएको थियो।

अस्वस्थताका कारण अस्पताल भर्ना हुनुभएको जोशीको स्वास्थ्य अवस्थामा उपचारका क्रममा खासै सुधार भने नभएको उहाँको जेठो छोरा अनुज राज जोशीले बताउनुभयो। उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी दिदैं लठिएको हो कि निदाएको हो भनेर छुट्याउन गाह्रो भएको उहाँको छोरा अनुज राज जोशीको भनाई छ।

Inside Article Ads

यसैगरी किष्ट मेडिकल कलेजका चिकित्सक प्रा.डां सुरज बजाचार्यले संस्कृतिविद् सत्यमोहन जोशीको मुटु रोग बल्झिएको, पिसाबमा समस्या देखिएको,छातीमा निमोनिया देखिएको, डेङ्गु संक्रमण भएको जानकारी दिँदै विधागत र अनुभवी डाक्टरको राय सल्लाह/सुझाव अनुसार उपचार गर्ने कार्यमा अघि बढिरहेको जानकारी दिनुभयो। यसैगरी संस्कृतिविद् सत्यमोहन जोशी पुर्न रुपमा स्वस्थ नरहनु भएको चिकित्सक बजाचार्यको भनाई छ।

यसैगरी अस्वस्थ रहनुभएका संस्कृतिविद् सत्यमोहन जोशीलाई साहित्य प्रेमी, सामाजिक अभियन्ता, विभिन्न राजनैतिक दलका नेता, शुभेच्छुक,स्थानीय निकायको जनप्रतिनिधि, आफन्त र परिवारको सदस्यहरूले सु-स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्नुभएको छ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.