
सँस्कृतिविद एवम् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी केही समययता अस्वस्थ हुनुहुन्छ। अस्वस्थताका कारण उहाँ ललितपुरको किष्ट मेडिकल कलेजमा उपचार गराइरहनुभएको छ।
स्वास्थ्य समस्याका कारण असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना भई उपचार गराईरहनुभएको संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई आज बिहान ९ बजे आईसीयू कक्षमा सारिएको छ।
सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार गर्न सुरु गरेको जानकारी दिएको छ।
यसैगरी चिकित्सका अनुसार संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था भने गम्भीर रहेको छ।
