
प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले यस वर्ष हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने घोषणा गर्नुभएको छ।
उम्मेदवारी मनोनयन हुनु एकदिन अघि आज पत्रकार सम्मेलनलाई सम्बोधन गनुहुर्दै उहाँले अहिले मुलुकको विकासका लागि युवाको भूमिका आवश्यक रहेको हुनाले अहिले युवाको भूमिका समाजको लागि आवश्यक भएकोले वर्तमान परिप्रेक्ष्यमा युवाको नेतृत्व महत्वपूर्ण भएको हुँदा अब आउदो निर्वाचनमा भाग नलिने निर्णय गर्नुभयो।
तीब्र इच्छाशक्ति भएको कारण युवाको नेतृत्व नै मुलुकमा स्थापना गर्नु रहेको बताउँदै उहाँले आफ्नो महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो।
यसैगरी सभामुख अग्निप्रसाद सापकोटा २०६४, २०७० मा संविधानसभा सदस्य रहेका सापकोटा २०७४ मा सिन्धुपाल्चोक २ बाट निर्वाचनमा विजय हुनुभएको थियो।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबार सापकोटा सरकारी निवास छाडेर निजी निवासमा फर्किनुभएको छ।
