Fast Nepal News

आज उपत्यका क्षेत्रमा पचिमह्र जात्रा सुरु

banner single news

उपत्यकावासीहरुले आज पचिमह्र जात्रा धुमधामका साथ मनाउँदै छन्।आज उपत्यकाका नेवार समुदायको लागि यो बिशेष जात्राको दिन पनि हो । उपत्यकाको अन्य स्थानमा खासै नमनाउने जात्रा काठमाडौँमा विशेष गरी मनाइने गरिन्छ।पचिमह्र अर्थात पचली भैरवलाई कुमारीसंग भेट गराउने दिनको रूपमा काठमाडौँ उपत्यकाबासीले यस जात्रालाई लिएका छन्।

यस जात्राको अवसरमा पंचली भैरवको मूर्ति आजकै दिन मात्र सर्वसाधारणले दर्शन गर्न पाउँछन् । तसर्थ पनि टेकुस्थित पंचली भैरव मन्दिरमा आज निकै भिड हुने गर्दछ।

Inside Article Ads

यसैगरी पचिमह्र जात्रा दशैँको सुरु दिन घटस्थापनादेखि सुरु हुन्छ। घटस्थापना भएको दिन पंचली भैरवलाई कोहिती लगिन्छ। त्यसपछि घटस्थापनापछि ३-४ दिनसम्म चित्रकारको घरमा लगिन्छ।पचिमह्र जात्रा एकदिन अघि भीमसेनस्तानमा लगिन्छ। यसैगरी पचिमह्र जात्राको दिनभर थंकु जुजुको घरमा राखी बेलुका हनुमानढोका पुर्याउने संस्कृति विषयका जानकार सम्पन्न शाक्यको भनाई छ।

यसैगरी प्रत्येक वर्ष जसरी यस वर्ष पनि पचिमह्र जात्रा काठमाडौँ उपत्यकाबासीले मनाएका छन्। यसैगरी प्रत्येक वर्ष जसरी यस वर्ष पनि पंचली भैरव पनि दर्शनार्थीको घुइँचो लागेको छ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.