Fast Nepal News

सामाजिक कार्यमा कृयाशिल बाराका बिनोद यादव,बैदेशिक रोजगारीका क्रममा समस्या परे सम्पर्कमा आउन आग्रह

banner single news

मलेसिया, बारा जिल्लाको कलैया उपमहानगरपालिका-१७ ब्हापुरी निवासी बिनोद यादव विगत लामो समयदेखि विभिन्न ब्याबसायसङ्गै सामाजिक अभियानमा कृयाशिल ब्यक्ति हुन । मधेसका युवा बिनोदले मलेसिया, दुबई र बंगलादेश लगायतका देशहरुमा ब्यावसाय गर्दै आएका छन । उनले युएईमा शिभांश ह्युमन रिसोर्ससेज एफजेडसि
एल एल सि,नेपालमा एलाईन्स ग्रुप अफ कम्पनीज,मलेसियामा सनरेड एडभान्स मेनेजमेन्ट सर्भिसेज एसडिएन बिएचडिमार्फत आफ्नो ब्यावसाय सन्चालन गर्दै आएका छन ।यादवले आफ्नो ब्यावसाय मात्रै नगरेर मलेसिया, दुबई र बंगलादेशमा रहेका नेपालीहरूलाई सहयोग गर्दै दु:खको सारथि बन्ने पनि गरेका छन ।हाल उनी बैदेशीक रोजगारमा फसेका नेपाली युवाहरुको उद्धार अभियानमा  लागेको बताऊछन ।

यादवले आफू पनि साधारण परिवारमा जन्मिएको र दुखमा हुर्किएको ब्यक्ति भएकाले आफूसँग बढी पैसा भएर नभई उनिहरुको दुखमा साथ दिएको बताउछन । नेपालभन्दा बढी विदेशमा नै रहने यादवले युएई,मलेसिया,बंगलादेशमा समस्यामा परेका २६ नेपालीलाई यो भन्दा पहिले हवाई टिकट उपलव्ध गराई सकेका छन । उनले विदेशमा अलपत्र परेका नेपाली श्रमिकको निस्वार्थ उद्वार गरेकोमा धेरै सामाजिक संघ,सँस्थाहरुले धन्यवाद दिदै प्रशंसा समेत गरेका छन ।
यादवको सामाजिक कार्यको प्रसंशा स्वदेश तथा विदेशमा उत्तिकै हुने गरेको छ । बाराका एउटा किसानको छोरो यादव अहिले विदेशमा करोडौँको व्यवसाय संचालन गर्दै आएका छन । कुराकानीका क्रममा यादवले आउदै गरेको नेपालीहरुको महान पर्व दशै,तिहार र छठ पर्वको शुभकामना ब्यक्त गर्दै आफुले एक नेपालीको कर्तव्य मात्र पूरा गरेको बताए ।

Inside Article Ads

व्यवसाय बाहेकको समयमा घुमफिरको सट्टा नेपालका विभिन्न ठाउँबाट बैदेशिक रोजगारीमा आएका युवाबर्गको समस्या समाधान गर्दा आफुलाई आत्मसन्तुस्टी  मिल्ने यादव बताउछन । उनले आफ्नो ब्यावसायिक यात्रासङ्गै सामाजिक कार्यलाई बढावा दिदै जाने बताए ।यादव मलेसिया,युएईलगाएतका देशमा बैदेशिक रोजगारीमा आएर समस्यामा परि नेपाल फर्कन नसकेका नेपालीहरु भए आफ्नो सम्पर्कमा आउन अनुरोध गर्छन । उनी आफ्नो गाँस नै कटाएर भएपनि समस्यामा परेका नेपालीलाई सहयोग गर्न पछि नपर्ने जिकिर समेत गर्छन । केही वर्ष पहिले यादव पनि पत्रकारिता क्षेत्रमा नै आवद्ध ब्यक्ति हुन ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.