Fast Nepal News

नेपाली कांग्रेसले कस्तो चुनावी घोषणापत्र तयार गर्नुपर्छ भन्ने विषयमा नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूको धारणा

banner single news

मंसिर ४ गते आसन्न प्रदेश र प्रतिनिधिसभा नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूसँगै निर्वाचनमा स्वतन्त्र उम्मेदवारको समेत होडबाजी चलेको छ। यसै समयमा नेपालमा प्रजातन्त्र कालदेखि स्थापना भएको पुरानो पार्टी नेपाली कांग्रेसले पार्टीका लागि प्रत्यक्ष र समानुपातिक पार्टीको उम्मेदवार चयन भईरहँदा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आगामी दिनहरुमा पार्टीले कस्तो चुनावी घोषणापत्र तयार गरेर जानुपर्छ भन्ने विषयमा आफ्नो महत्वपूर्ण धारणाहरू सार्वजनिक गरेको छ।

नेपाल विद्यार्थी संघमा आवद्ध भएर लाग्नुभएको विद्यार्थी नेता बसन्त थिङ्गले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा गईरहदा निम्न विषयलाई आधार मानी चुनावी घोषणापत्र तयार गर्नुपर्ने विषयमा आफ्नो धारणा राख्नुभयो। विशेषगरी शिक्षा, स्वास्थ्य र खाद्यान्नको विषयलाई उजागर गर्न उहाँले नेपाली कांग्रेसका केन्द्रीय तहको नेताहरुले जोड दिनुपर्ने धारणा सार्वजनिक गर्नुभयो। नेपालको संविधानमा व्याख्या गरिएअनुसार नेपाल समाजवाद उन्मुख राष्ट्र भएको र समाजवादमा सबैकाे पहुँच समान ढंगमा हुने तर शिक्षा प्रणालीमा त्याे समान पहुँच नभएको धारणा व्यक्त गर्नुहुदै माध्यमिक तह सम्म निःशुल्क शिक्षा भनेर संविधान काे धारा ३१ काे उपधारा २ मा उल्लेख छ तर कार्यन्वयन हुन नसकेको बताउँनुहुदै देश विकाशमा शिक्षा अपरिहार्य र दक्ष जनशक्ति उत्पादन गर्ने आधार भएको हुनाले नेपाल सरकारले Become and to make काे सिद्धान्त (चेला ले चेला बनाउने सिद्धान्त ) अपनाउनुपर्ने धारणा व्यक्त गर्दै स्वास्थ्यमा सबैको पहुँच पुर्याउने र खाद्यान्नको उचित मूल्य निर्धारण गरी खाद्यान्नमा उपभोक्ताको हकहित सुनिश्चित गर्ने विषयलाई चुनावी घोषणापत्रमा आधार मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो। शिक्षा, स्वास्थ्य र खाद्यान्नमा समान पहुँच पुगेमा मात्र जनताको जनजीवन सहज हुने उहाँको भनाई छ।

यसैगरी लामो समयदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध भएर लाग्नुभएको विद्यार्थी नेता अनुराग शाहले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत दिलाउने हेतुले घोषणा पत्र निर्माणमा जुटेका सम्पुर्ण नेताहरुलाई सनातन हिन्दु सभ्यतालाई मान्ने र हिन्दु परम्परालाई अनुसरण गर्ने दुई तिहाई भन्दा पनि बढि जनता भएतापनि नेपाली जनताको भावनालाई बोक्दै नेपाललाई धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र कायम गर्ने एजेण्डालाई प्रमुख आधार बनाई घोषणापत्र तयार गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभयो।

Inside Article Ads

यसैगरी निर्वाचनको संघारमा मुलुक आईपुग्दा नेपाल विद्यार्थी संघको धेरै विद्यार्थी नेताहरूले नेपाली कांग्रेस पार्टीलाई मजबुत बनाउँदै लैजाने विषयमा आफ्नो महत्वपूर्ण धारणा सार्वजनिक गर्नुभएको छ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.