Fast Nepal News

चाडपर्वको समयमा सामाजिक कार्यमा सक्रिय नेपाल स्काउट टिम

banner single news

 

चाडपर्वको समयमा टिकट काउन्टरमा आज बिहान भएको अत्यधिक भीडलाई मध्यनजर गर्दै नेपाल स्काउट टिम भीड व्यबस्थापन सगैं माक्स वितरण कार्यक्रममा आज सक्रिय भई अघि बढेको छ।

अहिलेको समयमा बढ्दै गएको डेङ्गु र केही दिनयता कोरोनाबाट संकमित व्यक्तिको संख्या बढ्दै गएपछि सो भीडभाडमा मानव स्वास्थ्यमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नेपाल स्काउटको केही टिम माक्स वितरणसँगै काठमाडौँको बालाजु नयाँ बसपार्कमा हुने भीडभाड नियन्त्रणमा सक्रियका साथ लागेको हो।

Inside Article Ads

यसैगरी अहिले केही दिनयता कोरोना संक्रमित व्यक्तिको संख्या वृद्धि भएको र उच्च रुपमा डेङ्गु, रुघाखोकी फेल्दै जादा भीडभाड हुने स्थानमा माक्स वितरणमा स्काउट टिम सक्रिय रहेको नेपाल स्काउट टिमका स्वयमसेवक मनिता गुरुङले बताउनुभयो।

नेपालीहरुको महान चाड दशैंमा सामाजिक कार्यमा भने दिनप्रतिदिन नेपाल स्काउट टिम सक्रिय रहँदै गएको छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.