
आज राष्ट्रिय प्रजातन्त्र पार्टी र साझा विवेकशील पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुविकरण पक्षधर बिच एकता भएको छ।त्यससँगै आज साझा विवेकशील पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ।
रवीन्द्र मिश्र नेतृत्वको ध्रुविकरण पक्षधर र राष्ट्रिय प्रजातन्त्र बिचको एकता कार्यक्रममा विभिन्न नेताहरुले एकता घोषणा सभामा आफ्नो महत्वपूर्ण धारणा राख्नुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष तथा पूर्वमन्त्री बुद्धिमान तामाङले एकता घोषणा सभामा स्वागत मन्तव्य राख्नुहुँदै रवीन्द्र मिश्र विचारको धनी व्यक्ति भएको तामाङले बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी र रवीन्द्र मिश्र नेतृत्वको वृहतर ध्रुविकरण पक्षधर बिचको एकताले पार्टीलाई मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो। आफूले पार्टीलाई कसरी मजबुत बनाउने विषयमा आफ्नो चिन्ता रहेको बताउँदै राप्रपा पार्टी प्रवेश गर्नुभएका रवीन्द्र मिश्रले राप्रपा पार्टीले लिएको आशालाई निराशामा परिणत गर्नुहुनेछैन भनी आशावादी दृष्टिकोण प्रकट गर्नुभयो।
यसैगरी राप्रपा पार्टीका पूर्वअध्यक्ष पशुपति शमसेर जबराले एकता घोषणा सभामा बोल्नुहुँदै राप्रपा पार्टी प्रवेश गर्नुभएका रवीन्द्र मिश्रलाई पार्टीमा स्वागत छ भन्दै आफ्नो मन्तव्य व्यक्त गर्नुभयो। निर्वाचन नजिक आएको भन्दै अब जनताको भाग्य र भविष्य निमार्ण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। नेपाली जनताले दुःखको अन्त्य खोजिरहेको भन्दै नेपालीहरुको महान चाड विजया दशमीको शुभकामना व्यक्त गर्नुभयो।
राप्रपा पार्टी प्रवेश गर्नुभएका साझा विवेकशील पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पनि एकता घोषणा सभामा महत्वपूर्ण धारणा व्यक्त गर्नुभयो। दशकौं देखि भएको विकृतिको जडलाई तोड्न आफू राप्रपा पार्टीमा प्रवेश गरेको बताउनुभयो। अबको दिनहरुमा देश बदल्न आफू यस पार्टीमा परिवर्तन गर्न आएको भन्दै आफ्नो भाषणलाई ३ खण्डमा विभाजन गरेर बोल्ने भन्दै देशको राजनीतिक र समसामयिक विषयमा महत्वपूर्ण धारणा राख्नुभयो। यसैगरी उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २१ औं शताब्दीमय पार्टी बनाउने समेत धारणा व्यक्त गर्नुभयो।
यसैगरी राप्रपाको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफू राजनीतिमा लामो समयदेखि रहेको बताउनुभयो। कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस्तान्तरणको काम सम्पन्न गरेपनि त्यसले मात्र केही गर्न नसक्ने धारणा प्रस्तुत गर्नुभयो। उहाँले राप्रपामा प्रवेश गरेका रवीन्द्र मिश्रलाई राप्रपा प्रवेश गराउनुहुदैं संघीयता खारेजी, हिन्दू राष्ट्र चाहने व्यक्तिलाई आजको दिन खुसीको दिन रहेको बताउनुभयो। राप्रपा पार्टीको लागि पद गौण भएको हुनाले पदको लागि कहिल्यै नलड्ने धारणा पनि व्यक्त गर्नुभयो। आगामी दिनमा आउने निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो पार्टी पहिलो पार्टीको रुपमा मुलुकमा स्थापित हुने धारणासमेत व्यक्त गर्नुभयो। सिद्धान्त पार्टीको पहिलो प्राथमिकता हुने र सत्ता दोस्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको हुनेसमेत उहाँले आफ्नो धारणा व्यक्त गर्नुभयो।सम्बोधन लगतै राप्रपाको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले एकता घोषणा कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो।
यसैगरी नेपालीहरुको महान चाड दशैंको बाबजुद पनि राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको धुवीकरण वृहत्तर ध्रुविकरण पक्षधर बिचको ध्रुविकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
