Fast Nepal News

भवनको माध्यमबाट हामीले भावना जोड्न खोजेका हौ : सचिव अनुप खनाल

banner single news

काठमाडौ – १० असोज २०७९

काठमाडौ, गैर आवाशिय नेपाली संघ (एनआरएनए) अमेरिका एउटा ऐतिहासिक मोडमा छ । स्थापनाको दुई दशकपछि संघले आफ्नै नाममा भवन खरीद गर्ने भएको छ । अक्टोबरको पहिलो हप्तादेखि संघको अमेरिकाका पंजिकृत सदस्यहरुले गौरवका साथ भन्ने छन- ‘अमेरिकामा हाम्रो आफ्नै भवन छ ।’ संसारका ८२ देशका एनसीसी मध्ये आफ्नै भवन खरीद गर्ने पहिलो एनसीसी बन्ने शानदार यात्रामा हामी छौं । हुनत संघको आफ्नै कार्यालयको अबधारणा र आवश्यकताको महशुश धेरै पहिलेदेखि भएको हो । पूर्व अध्यक्ष डाक्टर केशव पौडेलको पहिलो पटक कार्यकालको एक बर्षपछि बाल्टिमोरमा सम्पन्न बार्षिक साधारण सभामा भवन खरीद गर्ने बिषयले प्रवेश पाएको थियो । त्यसपछि यो बिषयमा चर्चा परिचर्चा, छलफल बहस भईरहे । आवश्यकताको महशुस तड्कारो रुपमा गरिएपनि मूर्तरुप पाउन सकिरहेको थिएन ।

निर्वतमान अध्यक्ष सूनील साहको पालामा पनि भवन खरीदका लागि छलफल र प्रयास भएको हामीले सुनेबुझे कै कुरा हो ।एनआरएनए आफैले कतिपय अनावश्यक आन्तरिक समस्या, मुद्दामामिलामा फसेका कारण पहिले नै हुनुपर्ने र हुनसक्ने यो काम पेण्डिगंजस्तै भएको थियो । तैपनि तत्कालिन समितिहरुले गरेका प्रयासहरुप्रति धन्यवाद व्यक्त गर्नैपर्छ । तिनै सत्प्रयासहरुको जगमा टेकेर संघले अमेरिकामा भवन खरीद गर्न लागेको हो । अमेरिकाका विभिन्न राज्यहरुमा घर हेर्ने काम भएको थियो ।तर भर्जिनियाको फेयरफ्याक्स शहरमा एउटा कन्डोमिनियम अहिले सबैको सार्बजनिक घर बन्ने क्रममा छ ।हामी त्यसका लागि रात दिन काम गरिरहेका छौं । अध्यक्ष वुद्धि सुवेदीले आफ्नो कार्यभार ग्रहण गरे लगत्तै न्यु योर्कको बैठकमा उद्द्घोष गर्नु भयो – “हामी यहि कार्यकालमा आफ्नै भवन खरीद गर्नेछौं । अमेरिकामा एनआरएनएलाई आफ्नै भवन आवश्यकता छ भनेर मात्र हुदैन । त्यहि अनुरुप काम पनि गर्न जरुरी छ ।” अध्यक्ष सुवेदीले सबै साथीहरुलाई भवनको सम्भावित राज्यहरुको पहिचान गर्न र खरीदका लागि छलफल शुरु गर्नुभयो । हामी सम्पूर्ण कार्यसमितिका साथीहरु तात्यौं । अन्तत: भर्जिनियामा पुगेर हामी निर्णायक विन्दुमा छौं ।

भवन आफैमा ठुलो कुरा होईन । भवनका माध्यमबाट हामीले भावना जोड्न खोजेको हो । यति ठुलो संस्थाको लागि एउटा स्थायी ठेगाना जरुरी महशुस गरेको हो । अमेरिकाका सबै नेपालीहरुको अभिभावकत्व ग्रहण गर्ने संस्था व्यक्ति व्यक्तिको घरबाट हैन एउटा स्वायत्त कार्यालयबाट चल्नुपर्छ भनेर हामीले यो काममा जोड दिएका हौं । सबैले आफ्नो अप्ठेरो, चासो, गुनासो र योजना बताउने एउटा छुट्टै फोन र फोन उठाउने मान्छे अनि बोलेका ती कुरा टिपेर सुन्ने संयन्त्रका लागि यो भवन आवश्यक थियो र छ। हाम्रा कामहरु कार्यालय केन्द्रित भएर संचालनमा आएभने आजसम्म देखिएका शंका उपशंकाहरु पनि कम हुनेछन भन्ने विश्वास गर्न सकिनेछ । एनआरएनए अमेरिकालाई बलियो बनाउन र आफ्नो अपनत्व महशुस गर्न सबै सदस्यहरुले यस कार्यमा सक्दो चन्दा रकम सहयोग गर्न सक्ने कुरा हामीले सार्बजनिक रुपमा आव्हान पनि गरिरहेका छौं र संस्थाले भवन खरिदको लागि रकम संकलन गर्न लागि वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्त लाई आर्थिक समितिको संयोजक नियुक्त पनि गरिसकेको छ।

यसैगरि पाँचै जान उपाध्यक्ष र कोषाध्यक्ष यस समितिका सह-संयोजक लगायत अन्य पदाधिकारी र २९ ओटै च्याप्टरका अध्यक्षहरु सदस्य रहनु भएको छ। यो कामका लागि जताततैबाट प्राप्त साथ, सहयोग र समर्थनबाट बर्तमान कार्यसमिति उत्साहि छ ।अमेरिकामा सक्रिय एनआरएनए अभियन्ताहरुबाट भवन खरीदका लागि चन्दा रकम उठिरहेको छ । उठ्ने क्रम जारी छ ।

Inside Article Ads

अन्त्यमा, सहयोग रकमहरु विभिन्न मध्यमबाट बैंक खातामा जम्मा गर्न सकिने छ ।

1. Bank account
Bank Name:- Wells Fargo
Routing Number:-031100869
Account Number:- 5623718383
2. Zelle to: treasurer@nrnusa.org
3. PayPal: https://email.cloud.secureclick.net/c/7598id=1537401.488.1.37bc08d9103b8e2669c38bad3872ca1d

र अर्को कुरा ,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिका अमेरिकामा ५०१ सि ३ मा दर्ता भएको गैर नाफामुलक संस्था हो । यस्मा सहयोग गरिएको रकम ट्याक्स फाइलमा उल्लेख गरी कर छुट लिन मिल्दछ । यदि यहाँहरु लाई रकम जम्मा गर्नको लागि थप जानकारीको आवश्यकता परेमा कोषाध्यक्ष राजीव श्रेष्ठलाई 619-750-6404 मा वा वरिष्ठ उपाध्यक्ष तथा आर्थिक समितिका संयोजक कृष्ण जीवी पन्तलाई 443-433-2073 मा सम्पर्क गर्न सक्नुहुनेछ। भवन खरिदको विषयमा थप जानकारी चाहिएमा अध्यक्ष बुद्धि सागर सुबेदीलाई 920-809-1210 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ।

अध्यक्ष वुद्धि सुवेदीले भवन खरीदका लागि राख्नु भएको अर्जुन दृष्टि सहितको योजना र यात्रालाई बर्तमान कार्य समिति, बिगतका सम्पूर्ण कार्यसमितिहरु र सबै गैर आवासीय नेपाली संघ अमेरिकाका पंजिकृत सदस्यहरुबाट प्राप्त सहयोगलाई धन्यवाद व्यक्त गर्नै पर्छ । फेरी पनि जोड दिन चाहन्छु की भवन आफैमा ठुलो कुरा होईन । भवनका माध्यमबाट हामीले भावना जोड्न खोजेका हौं।आउनुस् यसमा हामी सबै मिलेर हातेमालो गर्दै तपाई र हामीहरुले बर्षो देखि देखेका र बुनेका सपना लाई साकार पारौं आखिरमा संस्था तपाई हामी सबैको हो।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.