Fast Nepal News

श्रमजीवी व्यबसायी दुई युवाहरुको संघर्ष र सफलताको कथा

banner single news

 

धेरै युवाहरू राजनीतिमा वितृष्णा जगाउँदै वैदेशिक रोजगारमा वैदेशिक रोजगारीमा लागिरहेको समयमा देशमा नै केही गरौँ भन्ने उद्देश्यले दुई युवाहरु डिजाईन,आर्किटेक्चर पेशाबाट मनग्य आम्दानी गर्न सफल भएका छन्।

देशमा नै केही काम गरौँ भन्ने सोच बनाएका मोहन पन्त र बिबेस पाण्डेले करिब ७ वर्ष डिजाईन र आर्किटेक्चर पेशामा ७ वर्ष जागिर गरी आफैं स्वरोजगार हुने उद्देश्यले बेस्मेन्ट ईन्टरियर एण्ड एक्सटेरियर प्रा.लि संस्थाको स्थापना गरे।

दुई साथीहरूको सहयोग र सहकार्यमा १९ लाख आर्थिक स्रोत लगानी गरी आफ्नै कार्यालय खोल्न सफल भएका दुई व्यबसायीहरुले आफ्नो व्यबसलाई निरन्तरता दिन दैनिक लागिपरे ।जसको परिणामस्वरूप व्यबसाय सञ्चालन गरेको करिब ४ वर्षको छोटो समयावधिमा दुई व्यबसायीहरु सफलताको शिखर चुम्न सफल भए।

Inside Article Ads

अहिले निरन्तर रुपमा नवनिर्मित भवन,होटल, रेष्टुरेन्ट आर्किटेक्चर र डिजाईनको काममा आफ्ना ग्राहकलाई निरन्तर सेवा प्रदान गर्दै आएको व्यबसायी मोहन पन्तले बताउनुभयो।बेसमेन्ट इन्टेरियर एण्ड एक्सटेरियर प्रा.लिले उचित मूल्यमा गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्दै आएको उहाँको भनाई छ।

अहिले आफू स्वरोजगार हुनुको साथै आफूले ८ जना व्यक्तिलाई रोजगारी दिन सफल भएको समेत व्यबसायी बिसेस पाण्डेले बताउनुभयो। यससँगै आफूले गरेको असल कार्यबाट ग्राहकहरु सन्तुष्ट र खुशी रहेको समेत उहाँको भनाई छ।

मिहिनेत र लगनशीलताको कारण व्यबसायी मोहन पन्त र बिबेस पाण्डे समाजको उदाहरणीय व्यक्ति र सक्षम व्यवसायीको रुपमा समाजमा स्थापित हुन सफल भएको छ। त्यसैले देशमा नै बसेर केही गरौँ भन्ने भावनाको विकास गर्ने विषयमा सबैले ध्यान दिनु अति नै आवश्यक छ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.