Fast Nepal News

लमजुङ जिल्लामा व्यबसायिक पोल्टी फर्महरु धमाधम फस्टाउँदै

banner single news
देशमा गरिबी र बेरोजगारी छ। देशमा रोजगारी नै छैन भनी धेरै व्यक्तिहरु दिनप्रतिदिन विदेश पलायन भएका छन्। धेरै मानिसहरू देशमा रोजगारी नै छैन भनी गलत मानसिकता लिएर विदेश गईरहदा नेपालमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले व्यबसायिक पोल्टी फर्म सञ्चालन गरेका लमजुङका धेरै व्यक्तिहरूले व्यबसायिक पोल्टी फर्महरु सञ्चालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन्। लमजुङका सर्वसाधारण देखि सरकारी जागीरसम्म गरेका व्यक्तिहरुले साना, मझौलादेखि धेरै लगानीमा व्यबसायिक पोल्टी फर्महरु सञ्चालन गरेका छन्।
साना, मझौला र धेरै लगानीमा पोल्टी फर्म सञ्चालन गरेका व्यबसायीहरुले आफूले लगानी गरेको अनुरुप मनग्य आम्दानी गर्न सफल भएको व्यबसायीहरुले बताएका छन्। यसैगरी नेपाल रेडक्रस सोसाइटीको उपनिर्देशकको पदमा आसिन रही ३० वर्ष सरकारी जागीर गर्नुभएका चेपे मर्स्याङ्दी फर्मका सञ्चालकले आफूले केही गरौँ भन्ने उद्देश्यले पोल्टी फर्म व्यबसायमा लगानी गर्नुभएका व्यबसायी जीवनतारा भट्टले व्यबसायिक पोल्टी फर्म दिनप्रतिदिन फस्टाउदै गएको र यसबाट आफूले मनग्य आम्दानी गरेको बताउनुभयो।
चेपे नदी नजिकै करिब २७ रोपनी जग्गामा करिब ३ करोड रुपैयाँ लगानी गरी व्यबसायिक पोल्टी फर्म सञ्चालन गरेको बताउनुहुँदै उहाँले ८ जना व्यक्तिलाई रोजगारी दिन सफल भई आफूले दैनिक रुपमा आफ्नो जिल्लामा मात्र नभई गोरखा, कास्की,चितवनसम्म कुखुरा,चल्ला,दाना सप्लाई गर्न सफल भएको समेत उहाँले बताउनुभयो। यसैगरी लमजुङका अंधिकाश व्यबसायीहरुले देशका विभिन्न जिल्लामा समेत सम्पर्क विस्तार गरी व्यबसायिक जीवनमा सफलता हासिल गर्न सकेको व्यबसायी भट्टले जानकारी दिनुभयो। लमजुङ जिल्लाका साना, मझौला देखि ठूलो लगानीमा सञ्चालित फर्म फस्टाउँदै जानुले यदि व्यक्तिले व्यबसायिक जीवनमा प्रवेश गर्ने चाहना राख्यो भने बेरोजगारीताको अन्त्य अन्त्य गर्दै देशमा नै स्वरोजगार सिर्जना सकरात्मक सन्देश प्रवाह गरेको छ।
Seen by Prakash Kapali at 1:42 AM
Inside Article Ads
Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.