Fast Nepal News

सिरहाको गोलबजारमा ढलभित्र शिशुको शव फेला

banner single news

सिरहा – ०९ असोज २०७९

सिरहा, सिरहाको गोलबजरमा नालीमा फलिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । गोलबजार न.पा. ६ मा महिना दिन पुगिसकेको जस्तो देखिने शालनाल सहितको शिशु (छोरा)को शव आज विहान फेला परेको हो । स्थानीयले विहान नालीमा शालनाल सहितको शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

Inside Article Ads

खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवश्यक प्रकृया पुरा गरी पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल लहान पाठाईएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदिप पौड्यालले जानकारी दिनुभयो । अवैध सम्वन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ ।

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.