Fast Nepal News

सरकार र डा. केसी बीच सहमति , अनशन तोड्ने तयारी

banner single news

८ असोज, काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसी र सरकार बीच सहमति भएको छ ।

डा. केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएका उनलाई पछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो । सहमतिको प्रस्ताव तयार भइरहेको छ , सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

Inside Article Ads

डा. केसीले बिरामीको संख्याका आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, सरकारी अस्पतालमा अत्यावश्यक परीक्षण निशुल्क गर्नुपर्ने लगायतका माग राखेर अनशन बसेका थिए ।

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.