Fast Nepal News

दुबईमा नेपाली युवकले जिते ३५ करोडको चिठ्ठा

banner single news

काठमाडौं – ०६ असोज २०७९

काठमाडौं, संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत एक नेपाली युवकले ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले चर्चित मजुज चिठ्ठा जितेका हुन् । उनले एक करोड दिराम अर्थात् ३५ करोडभन्दा धेरै नेपाली रुपैयाँको चिठ्ठा जितेको गल्फ न्यूजले जनाएको छ । यो चिठ्ठा जित्नुअघिसम्म उनको दुबईमा बैंक खातासमेत थिएन ।

Inside Article Ads

चिठ्ठाको रकम हात पारेपछि उनले भनेका छन्, ‘म त निकै खुसी छु । टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’ भरतले यो रकम आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्थाका लागि खर्च गर्ने जनाएका छन् ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.