Fast Nepal News
Banner Below header

कांग्रेसले ‘निरन्तरतामा नवीनता’का आधारमा घोषणापत्र तयार गर्ने

banner single news

काठमाडौ – ०६ असोज २०७९

काठमाडौ, नेपाली कांग्रेसले छोटो समयमा व्यापक छलफलका साथ ‘निरन्तरतामा नवीनता’को दृष्टि केन्द्रमा राखेर पार्टीको घोषणापत्र निर्माण गर्ने भएको छ । कांग्रेसको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समितिको आज बसेको प्रथम बैठकले सो निर्णय गरेको समितिका सदस्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । समितिका संयोजक एवं पार्टी महामन्त्री विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्रहरु अध्ययन गरेर त्यसको भावनात्मक सार ग्रहण गर्न सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र शङ्कर तिवारी सदस्य रहेको अध्ययन र विश्लेषण उपसमिति गठन गरेको छ ।

Inside Article Ads

यसैगरी बैठकले समिति सदस्य डा स्वर्णिम वाग्लेको संयोजकत्वमा सदस्यहरु गेजा शर्मा वाग्ले, प्रताप पौडेल, कृष्णप्रसाद पौडेल, दीपेश घिमिरे र डा प्रिति मण्डल सदस्य रहेको प्रारम्भिक मस्यौदा उपसमिति गठन गर्ने निर्णय गरेको छ । बैठकले घोषणापत्र तयारीका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी बाँडफाँट गरेको सदस्यसचिव डा पराजुलीले बताए । कांग्रेसद्वारा घोषणापत्र तयारी समितिमा सदस्य मनोनीत नेपाली कांग्रेसले ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति–२०७९’लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको समितिमा बुधबार सदस्य मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समिति सदस्यमा पार्टीका सहमहामन्त्री फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार तथा पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रङ्गमती शाही, प्रा डा गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र, नानु बाँस्तोला मनोनीत भएका छन् । यसैगरी समिति सदस्यमा अनुराधा कोइराला, मनोहरनारायण श्रेष्ठ, किरण गिरी, डा विष्णु विभु घिमिरे, श्रवण मुकारूङ, डा स्वर्णीम वाग्ले, डा सुरेश आचार्य, गेजा शर्मा वाग्ले, मदन कट्टेल, प्रमोदहरी गुरागाईं, डा अञ्जनी झा, ई अभिमन्युलाल सिं, डा ई. हरि दर्लामी मगर, अधिवक्ता डा रुद्र शर्मा, डा सञ्जय महतो थारु, भोजराज श्रेष्ठ, प्रताप पौडेल, डा बुद्धिमान श्रेष्ठ, शङ्कर तिवारी, डा कृष्ण पौडेल, दिपेश घिमिरे, प्रकाश लामिछाने, डा प्रीति मण्डल, मीन भाम, विनोद दास, सुमित खरेल र विकल राईसमेत मनोनीत हुनुभएको छ । समितिको सदस्य सचिवमा पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली छन् ।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.