Fast Nepal News

मस्कोलाई हतियार निर्यात गर्ने योजना छैनः उत्तर कोरिया

banner single news

प्योङयाङ – ०६ असोज २०७९

प्योङयाङ, उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराएको अस्वीकार गरेको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ । अमेरिकाले युक्रेनमा आक्रमण गर्दा मस्कोले आफ्नो भण्डारणलाई पुनःपूर्ति गर्न प्योङयाङतर्फ फर्किरहेको वासिंगटनले आरोप लगाइरहेका बेला उत्तर कोरियाको भनाइ आएको हो ।

रक्षा मन्त्रालयको जनरल ब्यूरो अफ इक्विपमेन्टका एक अधिकारीले आधिकारिक कोरियाली सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)द्वारा जारी विज्ञप्तिमा भने, ‘हामीले यसअघि रसियामा कहिल्यै हतियार वा गोलाबारुद निर्यात गरेका छैनौं । हामी मस्कोलार्य हतियार निर्यात गर्ने योजना पनि गर्दैनौं । ’

Inside Article Ads

युक्रेनमा आफ्नो युद्धलाई समर्थन गर्न रसियाले कम्युनिष्ट देश उत्तर कोरियाबाट तोपखाना गोला र रकेट खरिद गरिरहेको सेप्टेम्बरको सुरुमा ह्वाइट हाउसले दाबी गरेको थियो । रुसले लाखौं राउन्ड रकेट र आर्टिलरी गोलाहरू किनेको हुन सक्ने नेसनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले बताएका थिए । एजेन्सी

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.