Fast Nepal News

श्रम सचिव अर्याललाई सुकीर्तिमय राष्ट्रदीप पदक

banner single news

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित हुने भएका छन। पछिल्लो समय वैदेशिक रोजगारी तथा आन्तरिक रोजगार क्षेत्रमा सुधारका काम गरिरहेका अर्याललाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मान गर्ने घोषणा गरेकी छन । उनले वैदेशिक रोजगार सेवालाई छिटोछरितो तथा प्रविधिमैत्री बनाएका छन । हाल सबै प्रकारका श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाटै दिन थालिएको छ। यसले गर्दा वैदेशिक रोजगार कार्यालयमा दिनहुँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ भने वैदेशिक रोजगारलाई फेशलेस, पेपरलेस र क्यासलेस बनाउने अन्तिम प्रयास भइरहेको छ ।

यो पदकबाट अर्यालसँगै अरू तीन जना सचिव पनि सम्मानित भएका छन । सम्मानित हुनेमा सचिव कृष्णहरि पुस्कर ,डा. प्रेमनारायण कँडेल र लिलादेवी गड्तौला रहेका छन । यसैगरी कुलमान घिसिङ, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ,हरिवंश आचार्य,नीर शाह, राजेश हमाल, गंगाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला), नन्दकृष्ण जोशी, उन्नती बोहरा (शिला), नेपाल उधोग वाणिज्य महासंघका बरिस्ठ उपाध्यक्ष एबं आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, पशुपति मुरारका, भूषण श्रेष्ठ, नरबहादुर कँडेल गरी कुल १७ जनालाई राष्ट्रपति भण्डारीले यो पदकबाट सम्मानित गर्ने घोषणा गरेकी छन । सम्मानितहरुको हाल नाम सार्वजनिक गरिएपनि केही महिनापछी सम्मानित गरिनेछ ।

Inside Article Ads
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.